मनोरञ्जन

कारो फिल्म्स ले लिएको लू उपन्यासमा फिल्म निर्देशन गरिदै

१२ असार, काठमाण्डौ । कारो फिल्म्स् ब्यानर ले नयन राज पाण्डे को चर्चित ” लू ” उपन्यासमा फिल्म बनाउन लागेको छ । यसको निर्देशन प्रदिप भट्टराई ले गर्ने भएका छन्। निर्माता निशा खरेल र निर्देशन प्रदिप भट्टराई बीच फिल्म निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। निर्देशक भट्टराई ले जात्रा , जत्रै जात्रा , सत्रु घते जस्ता उत्कृष्ट सफल फिल्म को निर्देशन तथा निर्माण गरेका छन्।
“लू” उपन्यास उत्कृष्ट बिक्रेता भएको किताब हो र यो उपन्यास पढाई मा जति रोमान्चक छ फिल्म हेर्दा पनि तेतिकै नै मज्जा आउने भएको छ। एउटा पुरा प्याकेज बन्ने छ।राम्रो सेन्स अफ ह्युमर भएको यो उपन्यास मा बच्चा देखि बृद्धा ले हेर्ने मिल्ने छ। यसमा नेपाल र भारत को सिमा को पनि बिषय उठेको छ। दर्शकलाई मनपर्ने कथा , बिषय , ह्युमर सबै उपन्यास ले समेटेको छ।

यो कारो फिल्म्स ब्यानरको मुख्य उद्देश्य नेपाली फिल्मलाई अर्को उचाई मा लाने कम्पनी को धारणा छ र एस्तो नेपाल को
बिसय बस्तु पनि संसार ले हेर्नु पर्ने भन्ने भनाइ छ। साथै कारो फिल्म्स ले यो लगायत अरु पनि बिग बजेट फिल्म्स बनाउने
छ।