गण्डकी प्रदेश

अविरल वर्षासंगै आएको बाढी/पहिरोले पोखरामा एकाबिहानै एक घर बगायो

१३ असार, पोखरा । अविरल वर्षासंगै आएको बाढी/पहिरोले पोखरामा एकाबिहानै एक घर बगाएको छ।

पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको हो ।

पहिरोले घर बगाएर लगेपनि मानबीय क्षति भने नभएको स्थानीय बासिन्दा चिरन्जिबी भट्टराइले जानकारी दिए। घरका मानिसहरु सुरक्षित रहे पनि पशु चौपायालाई भने स्थानीय बासिन्दाले उद्धार गरेका छन्।