मनोरञ्जन

चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

१३ असार, काठमाण्डौ । नेपाल चलचित्र कलाकार संघको आयोजना आषाढ १२ गते आईतबार नेपाली चलचित्र क्षेत्रकों समस्या र चलचित्रकर्मीहरूको अवस्था विषयक अन्तरक्रिया सम्पन्न भयो । संघका अध्यक्ष रबिन्द्र खडकाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विकाश वोर्डका सदस्य सचिव टंक महतले विकाश वोर्डले समग्र चलचित्र उद्योग र चलचित्रकर्मीहरूको उत्थान का लागि प्रयाशरत रहेको बताउदै छिट्टै प्रभावकारी चलचित्र नीति ल्याउने बारे कार्य गरिरहेको बताए ।

कार्यक्रममा चलचित्रकर्मी मोहन निरौला र संचारकर्मी शान्तिप्रियले तयार गरेका अवधारणा पत्र मोहन निरौलाले वाचन गरेका थिए । अवधारणा पत्रमा अधिवक्ता कृष्ण ढुंगाना,संचारकर्मी कृष्ण भट्टराई,संगीतकार सन्तोष श्रेष्ठ र संचारकर्मी डब्बु क्षेत्रीले टिप्पणी गरेका थिए।
चलचित्र विकाश वोर्डका पुर्व अध्यक्ष दयाराम दाहालले वोर्डले महामारीको मारमा परेका चलचित्रकर्मीहरूलाई थोरै भए पनि राहत दिएको थियो र आफ्नो कार्यकालमा चलचित्रकर्मीहरूको उत्थान र प्रोत्साहनका लागि स्टोरी बैकको अवधारणा कार्यान्वयनमा ल्याएको बताए।

अभिनेता गोपाल ढकालले सहजीकरण गरेका कार्यक्रममा अभिनेता कृष्ण मल्ल, भुवन केसी, लय संग्रौला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका माहासचिव जनकदीप पराजुली,चलचित्र संघका पुर्व अध्यक्ष प्रदिप उदय लगायतका वक्ताहरूले चलचित्र कलाकार संघले चलचित्र कलाकार र उद्योगका प्रवर्दधनका लागि आवाज उठाउदै आएको स्मरण गर्दै अबिलम्ब चलचित्र नीति निर्माण भएको भएको भए कार्यान्वयनमा ल्याउनु पर्ने नभभए निर्माण गरिनु पर्नेमा जोड दिए ।वक्ताहरूले विदेशी चलचित्रको प्रदर्शनमा मापदण्ड बनाई नेपाली चलचित्र प्रदर्शनलाई विशेष प्रथमिकता दिनु पर्ने मा जोड दिए ।