१६ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत असार १५ को अवशरका आयोजीत धान रोपाईँ कार्यक्रममा सहभागी भएका छन् ।
तरुण दलका निबर्तमान अध्यक्षसमेत रहेका नेता बस्नेत नेपाल कृषि श्रमिक संघ काठमाडौं जिल्लाको आयोजनामा भएके रोपाईँ कार्यक्रममा उपस्थित भई धान रोपेका हुन् ।
हरेक बर्षको असार १५ मा हुने कार्यक्रम नेपालजस्तो कृषि प्रधान मुलुकका लागि महत्वपूर्ण हुन्छ । रोपाईँ कार्यक्रममा तरुण दलका बर्तमान अध्यक्ष बिद्वान गुरुङलगायत दर्जनौंको उपस्थिति रहेको थियो ।
सरकारले पनि धान दिवश भब्य रुपमा मनाउने गरेको छ भने सर्बसाधारणहरुले रही चिउरा खाने पर्वका रुपमा समेत यसलाई मनाउने गरेका छन् ।






