स्वास्थ्य

कोरोना अपडेटः १३५ सङ्क्रमित फेला, एकको मृत्यु

१ सावन, काठमाडौं । पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ४७३ नमूनाको पिसीआर परीक्षण गर्दा ११४ र एक हजार ५६८ नमूनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज ५९ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४३९ छ । सङ्क्रमितमध्ये एक हजार ३७० होम आइसोलेशन, ६९ संस्थागत आइसोलेशन, १८ आइसियू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आज कोरोना सङ्क्रमणबाट थप एकको ज्यान गएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ११ हजार ९५३ को मृत्यु भएको छ ।

आज ३२ हजार ५१५ ले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म दुई करोड पाँच लाख १८ हजार ७६२ ले खोपको पहिलो मात्रा, दुई करोड चार लाख ४७ हजार ७६ ले दोस्रो मात्रा र ६८ लाख ७३ हजार १६ ले अतिरिक्त मात्रा खोप लगाएका छन् ।