स्वास्थ्य

जानकी मेडिकल कलेजले केही स्वास्थ्य सेवामा निशुल्क सेवा प्रदान गर्ने

३ साउन, काठमाण्डौ । प्रदेश नं २ को धनुषास्थित जानकी मेडिकल कलेजले Institute of Medicine (IOM) को ५० वर्षको शुभ वार्षिकोत्सवको अवसरमा ओपिडी लगायत अन्य केही स्वास्थ्य सेवामा निशुल्क सेवा प्रदान गर्ने भएको छ।

यो शुभ अवसरमा श्रावन महिना भरि आन्तरिक चिकित्सा, शल्य चिकित्सा, स्त्री रोग, बाल रोग, आँखा, नाक कान घाँटी, अर्थोपेडिक्स, दन्त चिकित्सा, मनोचिकित्सा, चर्म अनि पिशाबका बिरामीहरूलाई निशुल्क ओपिडी सेवा प्रदान गर्ने भएको छ। त्यसबाहेक, जानकी मेडिकल कलेजले ल्याब परिक्षण, रेडियोलोजी, आईसीयु / एनआईसीयुमा र वार्डको शुल्कमा पनि २५ प्रतिशत छुट दिने भएको छ । त्यति मात्र नभएर जानकी मेडिकल कलेजले आफ्नो २४ घण्टा उपलब्ध एम्बुलेन्स सेवा पनि यो श्रावण महिनाभरि निशुल्क बनाएको छ ।


जानकी मेडिकल कलेजको अनुभवी डाक्टर प्रियंका शर्माले Institute of Medicine (IOM) सँग आवद्द
भएर अगाडि बढ्नु गौरवको कुरा भएको बताएकी छिन् । (IOM) ले अहिलेसम्म प्रदान गर्दै आएको साथ र
सहयोगले आफूहरूमा उर्जा भरेको उनको भनाइ छ ।
प्रदेश नं २ को धनुषास्थित जानकी मेडिकल कलेज स्तरीय मेडिकल शिक्षा प्रदान गर्दै दक्ष डाक्टरहरू
स्थापित गर्ने लक्ष्य लिएर अघि बढिरहेको संस्था हो।