आर्थिक

दराज र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम बीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन गर्न साझेदार

५ साउन, काठमाडौँ । नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम सँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ । आफ्नो अर्डरको लागि नगद अन डेलिभरी मार्फत भुक्तानी गर्न रुचाउने ग्राहकहरूलाई प्रिपेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहन दिइरहेका छन्।


यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सीबीओ पविन्द्र राजभण्डारीबीच हस्ताक्षर भएको हो ।
“नेपाली ई–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुग्न मद्दत गर्न डिजिटल शपिङ प्लेटफर्म प्रयोग गर्दै ग्राहकहरूलाई थप डिजिटल भुक्तानी विधिहरू छनौट गर्न प्रोत्साहित गर्न ल्भ्एक् सँगको हाम्रो साझेदारीप्रति हामी उत्साहित र आशावादी छौं।“ – अरुण फुयाँल, डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख, दराज नेपाल
ग्राहकहरूलाई नगदबाट डिजिटल वित्तीय कारोबारमा स्वीच गर्न प्रोत्साहित गर्ने प्रयासमा दराजले विभिन्न बैंकहरू र डिजिटल वालेटहरूसँग सम्बन्ध र भुक्तानी साझेदारी बढाउँदै आएको छ । दराजले धेरै बैंकहरूसँग साझेदारी गरेको छ, जसले ग्राहकहरूलाई तोकिएको बैंक दिनहरूमा ती विशिष्ट बैंकहरू मार्फत भुक्तानी गर्दा विशेष छुटहरू प्राप्त गर्न अनुमति दिनेछ ।
ग्राहकहरूले दराज एपमा आफ्नो अर्डर चेक आउट गर्दा र बैंक अफ द डेज डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्ने विकल्प चयन गर्दा दैनिक बैंक छुट भौचरहरू प्रयोग गर्न सकिनेछ । संकलित भाउचरहरू चेकआउटको समयमा स्वचालित रूपमा लागू हुनेछन् ।