८ साउन, काठमाण्डौ । नेपालका लागि फोटोनको आधिकारिक विक्रेता ,MAW वृद्धी कमर्शियल भेहिकल प्रालि, टुनल्याण्ड ईको अत्याधिकसफलता पछि टुनल्याण्ड ई+ को अर्को अपग्रेडेड भर्सन ल्याउने तयारी गरेको छ । टुनल्याण्ड ईको नयाँ भर्सन थप शक्तिशाली, आकर्षक फिचर सहित आउने कम्पनिले जनाएको छ ।
अपग्रेडेड टुनल्याण्ड २.० एल डिजेल इन्जिन र १४८ एचपीको टर्कसहित ३२० NM को टर्कको साथ थप पावर प्याक गर्ने स्लीक र स्टाइलिस मस्कुलर बडी जसले पक्कै पनि ‘धेरै’ दिने ४*४ भाइब प्रदान गर्नेछ। ६ फर्वार्ड र १ रिभर्स म्यानुअल ट्रान्समिसनको कडा गियरबक्स मोडले एक्सेलेरेशन, राम्रो कार्यसम्पादन र सुधारिएको इन्धन अर्थतन्त्रमा ठूलो वृद्धि दिनेछ। थप रुपमा सहजताको लागि सवारी साधन भित्र निर्माताले रिभर्स क्यामेराको साथ टच स्क्रिन जडान गरिएको छ । साथै सुरक्षा प्रति ध्यान दिइ डुअल एयरब्यागहरू र EBD सँग ABS ब्रकिंग सिस्टम प्रधान गरेको छ ।
कम्पनीको आनुसार Tunland E+ ग्राहकलाई पिकअप ट्रकमा चाहिने कुरालाई र आफ्नो अनुभव र रिसर्च आनुसार डिजाइन गरिएको हो फोटन मोटर्स नेपालले अगस्टको शुरुमा टुनल्याण्ड ई + लन्च हुने अनुमान छ।





