समाचार

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

९ साउन, काठमाडौँ । सिन्धुपाल्चोकमा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६:०७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

विज्ञहरुका अनुसार यो ०७२ सालकै विनाशकारी भूकम्पको पराकम्प नै हो । पछिल्ला केही महिनामा बारम्बार स–साना पराकम्प मापन भइरहको केन्द्रले जनाएको छ ।