९ साउन, काठमाडौँ । नेपालमा टिभिएस टु व्हीलरको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखा–३, स्थुलि, स्थित पूर्ण सुविधासहितको नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ मिडिया र टिभिएसका प्रतिनिधिहरु बीच टोखामा नयाँ शोरुम सुरु गरिएको हो ।
टोखाको नयाँ शोरुममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘‘टिभिएसमा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौं। ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ। टिभिएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिईरहेको छ’’।
जगदम्बा मोटर्स प्रा. लि. टिभिएसको एक मात्र आधिकारिक वितरक हो। नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टिभिएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकहरूको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको छ। आज, टिभिएसउच्च गुणस्तरका उत्पादनहरू, सुलभ बिक्री-पछि सेवा र देशभरका उपभोक्ताहरूका लागि स्पेयर पार्ट्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ।





