समाचार

राष्ट्रिय अनलाईन पत्रकार संघले मनायो सातौ बार्षिकोत्सव

१० साउन, काठमाडौँ । राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)ले आफनो स्थापनाको सातौ बार्षिक उत्सव मनाएको छ । सोमबार राजधनीमा आयोजित कार्यक्रम पुर्वअर्थमन्त्री रामशरण मतले नोजाको बार्षिक उत्सवको उद्घाटन गदै पछिल्लो समय मिडियाको बिकासमा अनलाईन पत्रकारीताको महत्वपूर्ण भूमिका रहेको बताए । उनले अनलाइन पत्रकारीत फस्टाएसँग अहिले आम जनताले तुरुन्त सूचना पाउन सकको बताए।

कार्यक्रममा राष्ट्रिय अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्व भएको कार्यक्रममा पूर्व राज्य मन्त्री पशुराम गुरुङ, निटका अध्यक्ष दिपक महत टानका उपाध्यक्ष नबिन त्रिताल, ठमेल पर्यटन बिकास परिषदका अध्यक्ष भाबेश्वर शर्मा लगायतले नोजाको सातौ बाषिकोत्सवमा सफलताको शुभकामना ब्यक्त गरेका थिए भने पत्रकार तथा विशिष्ट व्यक्तिहरुको उपस्थती रहेको थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)का अध्यक्ष मुकुन्द ढुंगानाले २५० भन्दा बढी अनलाईन पत्रकारहरु नोजामा आवद्ध भएको जानकारी दिए ।

यस बर्षको पर्यटन एक्सिलेंसी अवार्ड टानका बरिष्ठ उपाध्यक्ष नविन त्रिताललाई प्रदान गरिएको छ । राष्ट्रिय अनलाइन पत्रकार संघको सातौ बार्षिकोत्सवको अबसरमा पूर्व अर्थमन्त्री डा। रामशरण महतले पर्यटन एक्सिलेंसी अवार्ड पर्यटन ब्यबसायी त्रितालले प्राप्त गरेका हुन् ।

यस बर्षको सोसियल अवार्ड मंजु खाड ठकुरीलाई प्रदान गरिएको छ । राष्ट्रिय अनलाइन पत्रकार संघको सातौ बार्षिकोत्सवको अवसरमा सोसियल अवार्ड समाजसेवी मंजु खाड ठकुरीले प्राप्त गरेकी हुन् ।

यस बर्षको महिला उद्यमी अवार्ड मन्जु सिंहलाई प्रदान गरिएको छ । राष्ट्रिय अनलाइन पत्रकार संघको सातौ बार्षिकोत्सवको अवसरमा महिला उद्यमी अवार्ड ब्यबसायी मन्जु सिंहले प्राप्त गरेकी हुन् ।

यस्तै यस बर्षको राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कारबाट पत्रकार दिल माया तामाङ पुरस्कृत भएकी छन् । राष्ट्रिय अनलाइन पत्रकार संघको सातौ बार्षिकोत्सवको अवसरमा पूर्व अर्थमन्त्री डा. रामशरण महतले उक्त पुरस्कार वितरण गरे । हरेक बर्ष जया मेमोरियल फाउन्डेसनको सहयोगमा नोजा पत्रकारिता पुरस्कार एकजना पत्रकारलाई वितरण गरिने उक्त पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ छ ।

सोही अवसरमा ठमेल पर्यटन बिकास परिषदका नबनिर्बाचीत पदापधिकारीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकार,अतिथि र विशिष्ट व्यक्तित्वहरुलाई नोजा डायरी र मायाको चिनो सस्थाले प्रदान गरेको थियो ।