समाचार

स्वर्गद्वारी दर्शन गरेर फर्केको जिप दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु, १५ जना घाइते

१४ साउन, बुटवल । प्यूठनको स्वर्गद्वारी दर्शन गरेर फर्किदै गरेको जिप दुर्घटना भएको छ । स्वर्गद्वारी नगरपालिका -४ भ्यागुते स्थित शनिबार लु ३ च ३५३ नम्बरको बोलेरो जिप दुर्घटनामा हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका-३ कि ३२ वर्षीय गुडिया ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था गम्भीर र चालक सकुसल रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई थप उपचारका लागि बुटवल ल्याउने तयारी भइरहेको छ ।