समाचार

खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर छ रेक्टर स्केलको भूकम्प

१५ साउन, काठमाडौँ । खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

‘खोटाङको विर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प मापन भएको केन्द्रले जनाएको छ । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।