समाचार

नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह सम्पन्न

१५ साउन, काठमाण्डौ । साहित्य सरोवर मिडिया प्रा.लिको आयोजनामा संञ्चालीत नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ ।
शनिबार काठमाण्डौको प्रज्ञाभवन कमलादिको सिद्धिचरण हलमा उल्लेखिय कलाकर्मीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

मनोनयनमा परेका विभिन्न विद्याका अवार्ड बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी सासंद तथा राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेनले वितरण गरेका थिए । सो समारोहमा ४० जना सम्मानीतलाई समेत कार्यक्रमका प्रमुख अतिथी राजेन्द्रले सम्मान पत्र पुरस्कृत गरेका थिए ।

कार्यक्रममा र्दिधसाधना सम्मान सहित डि आर उपाध्ययलाई नगद १ लाख राशी सहित पुरस्कृत गरिएको थियो । पत्रकारिता क्षेत्रमा योगदान पुयाए बापत सर्वोकृष्ट पत्रकारिता अवार्ड पत्रकार मोहन बस्नेत, लोकप्रिय पत्रकारिता अवार्ड भोजराज थापा र युवा पत्रकारिता सम्मान बाट रविन्द्र थापा र मोफसल पत्रकारिता सम्मान बाट विराटनगरका रंगपत्रकार गोपाल पोखरेललाई सम्मान गरिएको थियो ।