मनोरञ्जन

राजेश र कल्पनाको स्वरमा “मियो हौ तिमी मेरो मायाको ” सार्वजनिक (भिडियो) सहित

२५ साउन, काठमाण्डौं । राई इज किङ्ग राजेश पायल राई र युके निवासी गायिका कल्पना राईको आवाजमा रहेको नयाँ गीत “मियो हौ तिमी मेरो मायाको ” भिडियो छोटो समयमै दर्शकस्रोताहरूबाट अत्याधिक रूचाईएको छ। नेपाली गीतसंगीत जगतमा चर्चा चुलिदै गएको “मियो हौ तिमी मेरो मायाको ” बोलको गीतमा टिका चाम्लिङ्गको शब्द रचना तथा शान्ति राम राई को संगीत रहेको छ । गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा आकर्षक रुपमा चित्रण गरिएको छ ।महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई बुद्ध थापा र कुशल श्रेष्ठले छायाँकन,विकाश दाहालले सम्पादन गरेका छन् ।

वेलायत र नेपालमा छयांकन गरिएको यो भिडियोलाई, पछिल्लो समयमा रूचाईएका अहिलेका व्यस्त यूवा निर्देशक जस बहादुर याक्खाले निर्देशन गरेका छन्। यो भिडियोमा योगेन्द्र राई, मीरूना मगर, प्रकाश राई , कल्पना राई कुन्जु र अन्य धेरै कलाकारहरूले अभिनय गरेका छन्।