२४ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल फेसबुकमा एक व्यङ्ग्यात्क स्टाटस् लेखेका छन्।
उनले आफूलाई पनि राजदूत बन्न मन लागेको बताउँदै प्रधानमन्त्रीको नम्बर भए उपलब्ध गराइदिन भन्दै कटाक्ष गरेका छन् ।
गएराति सामाजिक सञ्जालमार्फत शाहले भनेका छन्, मलाई पनि राजदूत बन्न मन छ । प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुस् न ।
प्रधानमन्त्रीको स्टाटसमा टिप्पणी गर्दै सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले भनेका छन्, म्यासेज गर्दिम् ? भन्ने प्रतिक्रिया जनाएका छन् ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री र मन्त्रीले गरेको यो मजाकमा विभिन्न खाले टिप्पणीहरू आइरहेका छन् । कतिपयले यो प्रधानमन्त्रीको फेक आईडी त होइन भन्दै प्रश्न गरेका छन् ।
यो आईडी ह्याक भएको हो कि उनको आधिकारिक आईडि होईन कि के हो तर यस भन्दा अगाडीका आधिकारिक स्टाटस्हरु पनि सेयर वा पोस्ट गरिएका छन् । प्रधानमन्त्री शाहको स्टाटस् को सामाजिक संजालहरुमा ब्यापक समर्थन वा बिरोध भईरहेको छ ।
हालै सरकारका एक सचिवले आफूलाई राजदूत बन्न मन लागेको भन्दै प्रधानमन्त्रीलाई म्यासेज गरेपछि दिनभर प्रहरीको केरकारमा पर्नुपरेको थियो ।
सोही घटनाबारे प्रधानमन्त्रीले कटाक्ष र व्यङ्ग्य गरेको बुझ्न सकिन्छ ।






