आर्थिक

बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्ट सोलुसन्स् बिच भुक्तानी सेवा सम्झौता

२५ साउन, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच सम्झौता भएको छ । बैंकले ग्राहकहरुलाई समय सापेक्ष डिजिटल बैंकिङ्ग सेवा तथा सुबिधाहरु दिदै आईरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा यस बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्बाट सञ्चालित मोको डिजिटल वालेटसंग भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् बैंकका कार्डबाहक ग्राहकहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछ । बैंकका कार्डबाहक ग्राहकहरुले कार्ड लिंक पश्चात् मोको डिजिटल वालेट मार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्नेछ ।
भुक्तानी सेवाहरुमा जस्तै मोबाइल टपअप, इन्टरनेट, विधुत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको भुक्तानी लगायतका सेवाहरुको उपभोग मिल्नेछ । साथै, बैंकका कार्डबाहक ग्राहकहरुले मोको मार्फत स्क्यान गरी १५०० भन्दा बढि मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्नेछ ।
यस संगै बैंकका कार्डबाहक ग्राहकहरुले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सक्नेछ । यस सेवाको प्रयोग गर्न ग्राहकवहरुले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।