२६ साउन, काठमाण्डौ । प्रभु बैंक लिमिटेड र लोकहिल डेन्टल हस्पिटल प्रा.लि बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेष राज धमला त्रिशुली लोकहिल डेन्टल हस्पिटल प्रा.लि. तर्फबाट अध्यक्ष डा.गणेश शाहद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रभु बैंक र उक्त प्रा.लि बीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोवार गरिरहेका सम्पूर्ण ग्राहकहरुले डेन्टल हस्पिटल प्रा.लिद्वारा संचालित सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने भएको छ । यद्यपी बिल रकम रु ५०० भन्दा कम भएमा छुट नहुने जनाइएको छ ।





