पर्यटन/संस्कृति

टान निर्वाचनमा निलहरि बास्तोला प्यानलको उम्मेद्वारी मनोनयन

२६ साउन, काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि अध्यषका प्रत्यासी निलहरि बास्तोलाको प्यानलसहित उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
मालिगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहितपदाधिकारी र सदस्यहरुको मनोनयन गरिएको हो । बास्तोला प्यानलबाट अध्यक्षमा बास्तोला वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा रहेका छन् ।

यस्तै सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराएका छन् ।

अध्यक्षका प्रत्यासी निलहरि बास्तोलाले टान अध्यक्षसहित पादाधिकारी र सदस्य पदको निर्वाचनका लागि समयमै उम्मेदवारी मनोनयन गरिएको जानकारी दिए ।
टानको ४४औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि एक हजार दुईसय ५० मतदाता पुुगेका हुुन् । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । उम्मेदवारको प्रथम चरणको नामावली साँझ ५ बजेसम्म प्रकाशन गरिनेछ । साउन २८ गते बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारको नाम उपर दाबी विरोधमा उजुरी दिन साउन २७ गते दिउँसो १२ बजेसम्म समयावधि तोकिएको छ ।

अध्यक्षका प्रत्यासी बाँस्तोलालाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेकपा एमाले निकट पर्यटन व्यवसायी सङ्गठन र नेकपा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी सङ्गठनले चुनावी सहकार्य गर्ने भएका छन् । टानको केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् ।