आर्थिक

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा भट्टराई नियुक्त

१ भाद्र, काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको संचालक समितिको बाउन्न (५२) औं बैठकको निर्णयानुसार निर्मल भट्टराई मिति २०७९ साल भाद्र ०१ गते देखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन् ।

भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन् । उनी यसै संस्थाको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आइरहेकामा हाल संस्थाको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदमा नियुक्त हुन सफल भएका छन् । यस अघि उनले गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए । गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य ( डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्काशन तथा बिक्री प्रबन्ध , धितोपत्र प्रत्याभूति , शेयर रजिष्ट्रेशन , संस्थागत परामर्श , सामूहिक लगानी कोष , प्राइभेट इक्वीटी फण्ड , भेन्चर क्यापिटल फण्ड , हेज फण्ड लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु) प्रदान गर्नेछ । गरिमा क्यापिटल लिमिटेडका सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । यस

संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने बैंकले जनाएको छ ।