आर्थिक

अब एनएमबिका ग्राहकले बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

१ भदौ, काठमाडौँ । एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ने.रु. क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन ।
क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नुपर्ने भएको छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ ।
बैंकले सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागी [email protected]/[email protected] मा ईमेल गर्न सकिने भएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।