आर्थिक

सन्राइज बैंकले ल्यायो भदौ महिनामा महिलाका लागि विशेष योजना

१ भदौ, काठमाडौं । सन्राइज बैंकले महिलाहरुका लागि भदौ महिना विशेष योजना ल्याएको छ ।

तिजको लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्य नजर गर्दैै बैंकले भाद्र १ गते देखि भाद्र १७ गतेसम्म सन्राइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशत सम्म वा रु ५०० नबढ्ने गरी क्यासव्याक दिने व्यवस्था गरेको छ । साथै भाद्र महिनाभरी सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि फ्रि डेविट कार्ड, फ्रि एम- बैंकिङ, फ्रि डिमेट, फ्रि मेरो शेयर, फ्रि क्रेडिट कार्ड शुल्क तथा गरगहना राख्नको लागि लकर सुविधा लिन सकिने जस्मा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।
सन्राइज बैंकले सन्राइज नारी बचत खातामा रु दश हजारसम्मको प्रसुती खर्च र रु ५ लाख सम्मको घातक रोग खर्च दिदै आएको छ । साथै स्वास्थ्य योजना अन्तर्गत रु १ लाख सम्मको स्वास्थ्य बीमा र रु ५ सम्मको दुर्घटना बीमा समेत दिदै आएको छ ।