आर्थिक

पिपुल्स पावरको साधारण शेयरमा आइपिओ भर्ने आज अन्तिम दिन

५ भाद्र, काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गरेकोे साधारण शेयरको सार्वजनिक निष्काशन २०७९साउन ३१ गते देखि शुरु भई आज बैंकिङ्ग समय सम्म आवेदकहरुले शेयरमा आवेदन दिन को लागि मेरो शेयर मार्फत
अथवा सिआश्वा सदस्य बैक तथा वित्तीय संस्थामा स्वंम उपस्थित भई आवेदन दिन सकिनेछ ।

स्थानियबासी, कर्मचारी र सामूहिक लगानी कोषका योजनाहरुलाई छुटयाईएको सम्पूर्ण शेयरको बाँडफाँड भएपश्चात सर्वसाधारणमा जारी भएको बाइस लाख चौरनब्बे हजार ६८२ कित्ता साधारण शेयरमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

पिपुल्स पावर लिमिटेडले ईलाम जिल्लाको ईलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत सम्पन्न भईसकेको तथा कम्पनीले विद्युतको व्यापारीक उत्पादन गर्ने मिति २०७९ साल भदौ मसान्त रहेको छ । यस कम्पनीेको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।