आर्थिक

आइएमई पे र दराजको “दराज वालेट डे” अफर

५ भाद्र, काठमाडौँ । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ ।

सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने गरि व्यवस्था मिलाइएको छ । प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १० प्रचिशत छुट (रु. ३५० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ । यस अघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहि यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु र यसै ‘दराज वालेट डे’ को पहिलो संस्करण पनि छ । दराज नेपाल र आइएमई पेबीच फाल्गुन १३ गते आइएमई
कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।

नेपाल लगायत ४ विभिन्न दक्षिण एशियायी मुलुकहरुमा स्थित दराज एक सर्वप्रिय अन्लाइन बजार हो । दराजले सदैव ग्राहकहरुलाई सर्वोत्तम शप्पिङ एक्स्पिरियन्स प्रदान गर्ने प्रयास गरेको छ । केवल एक एप मै ग्राहकहरुले बच्चा देखि बुढा–बुढी सम्मलाई हुने घरायसी समान देखि लिएर लुगा–फाटा, मोबाईल फोन, ल्यापटप, मेक–अपको समान सम्म सबै किनमेल गर्न सक्छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई गुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक
उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा QR स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्युन बैंकिङ सुविधा प्राप्त सम्पूर्ण
सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले
विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ ।