आर्थिक

प्रभु क्यापिटलद्वारा आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर

६ भाद्र, काठमाण्डौ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही भाद्र १ गते प्रभु क्यापिटल तथा TRANQUILITY SPA का बीचमा समझौता भएको छ ।

यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले TRANQUILITY SPA बाट सेवा लिदा ३० प्रतिशत छुट पाउने
भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा Prabhu Capital’s Digital APP Download गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्नेछ ।
हितग्राहीले CHECK OUT ⁄ BILL PAYMENT गर्दा प्रभु क्यापिटलको Mobile App मा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ । TRANQUILITY SPA को रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्नसक्नेछन् ।

यो अफर हालसम्म APP download गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागु हुनेछ । नेपाली पुँजी बजारमा Video KYC मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ ।