आर्थिक

एनएमबि बैंकद्वारा महिला मात्र भएको शाखाको विशेष घोषणा

६ भाद्र, काठमाण्डौ । एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आईरहेका महिला दिदी बहिनीहरुको अनुभव साटने उद्देश्यले
अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । महिलाहरुलाई थप शशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविष्यमा थप टेवा पु¥याउने अपेक्षा राखेका छन् ।
उक्त कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरु, महिला उद्यमीहरु, विभिन्न बैंक तथा वित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरु आदीको उपस्थिति रहको थियो । महिला कर्मचारीहरुद्वारा नेतृत्व गरिएको शाखाहरु प्रदेश १ टंकिसिनुवारी, मधेष प्रदेश महोत्तरी, बागमती प्रदेश बल्खु, गण्डकी प्रदेश चाउथे, लुम्बिनि प्रदेश भलवारी, सुदुरपश्चिम प्रदेश धनगढी रहेको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८,२०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।