आर्थिक

काठमाडौँबाट आपराधिक क्रियाकलापमा संलग्न ८८ पक्राउ

७ भाद्र, काठमाण्डौ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिनामा आपराधिक क्रियाकलापमा संलग्न ८८ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८० को पहिलो साउन महिनामा आपराधिक क्रियाकलापमा सङ्लग्न ८८ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले साउन १ गतेदेखि ३१ गतेसम्म अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र जरिवना तोकिएका ८८ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको जानकारी दिए । पक्राउ परेकासँग अदालतले ११ वर्ष सात महिना २८ दिन कैद भुक्तान र रु ४१ लाख ९१ हजार ३२२ जरिवाना असुल गरेको छ ।