८ भाद्र, काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लि.ले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएकोे छ ।
यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरुले पाउनेछन् रु १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा , नि:शुल्क मुक्तिनाथ भिसा डेविट कार्ड (पहिलो वर्षको लागि), नि: शुल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र Tranquility Spa को विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट (भदौ २०७९ महिनाका लागि ) । यस योजनामा शर्तहरु लागु हुनेभएकाले यस योजनाका बारे थप जानकारीका लागि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सकिनेछ । यो योजनोले नारीहरुको सम्मान गर्दै नारीहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्युआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।





