राजनीति

एमाले पोलिटब्यूरो बैठक सुरु


९ भदौ, काठमाडौँ । नेकपा (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक भर्खर सुरु भएको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउने छन् । यही भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आयोजना गरिएको छ ।

एमालेले मङ्सिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई केन्द्रित गरी सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ । बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने प्रतिवेदनमाथि पोलिटब्यूरो सदस्यले धारणा राख्ने छन् ।