आर्थिक

“तिजको रमझम, अई पे रेमिटको तिज गीतमा नाचौँ छमछम”

९ भाद्र, काठमाण्डौ । हिन्दु नारीको महान पर्व ‘हरितालिका तिज’लाई लक्षित गरि अई पे रेमिट प्रा.लि.ले “तिजको रमझम, अई पे रेमिट को गीतमा टिकटक बनाई नाचौँ छमछम” विशेष योजना र्सावजनिक गरेको छ ।

यस योजना भाद्र १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागु हुनेछ । यस योजना अन्र्तगत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जाना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टपअप रु ५००, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले लक्की विजेतास्वरुप रु १५ हजार र बम्पर पुरस्कारमा १ जान भाग्यशाली विजेताले रु २० हजार प्राप्त गर्नेछन्

। यस विशेष योजनामा मलेशिया, जापान कोरिया, लगाएत विश्वको विभिन्न मुलुकबाट आई पे रेमिट र्माफत धेरै भन्दा धेरै कारोवार गरि योजनालाई सफल बनाइदिन सम्पूर्ण सेवाग्राही तथा साझेदारहरुलाई अनुरोध समेत गरेका छ ।

नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको २० हजार भन्दा बढि भुक्तानी केन्द्रबाट आई पे रेमिट मार्फत् पठाएको पैसा सजिलै प्राप्त गर्न सकिन्छ । साथै नेपालको जुनसुकै बैंक तथा वित्तिय संस्थामा Real Time Account deposit र e-wallet मा Real Time टप अप गर्न सकिने व्यहोरा आई पे रेमिट प्रा.लि. का बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी गराए ।