आर्थिक

विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर इओ मीनी अब नेपालमा


१२ भाद्र, काठमाण्डौ । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लिमिटेडले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ ।

यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत EV युजरहरूका लागि डिजाइन गरिएको हो । EO चार्जिङ (EV) ब्रिटिश प्रदायकको बिजुली बाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो। यसले EO चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ । EO बेलायतको मुख्यालयमा २०१४ मा स्थापना गरिएको थियो।

EO को टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र Amazon, DHL र Tesco जस्ता फ्लीट अपरेटरहरूले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको छ। यस कम्पनीले मर्सिडीज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ। डिसेम्बर २०२१ मा EO ले युके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६० हजार ओटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो।
व्यवसाय र व्यक्तिहरूलाई ऊर्जाको सन्दर्भमा स्वतन्त्रता प्रदान गर्दछ । EO mini मा Integral 6mA DC को सहयोगले सजिलै चुहावटको स्रोत पत्ता लगाउन सकिन्छ । यसलाई बिना कुनै टाइप B RCD नियन्त्रण गर्न सकिन्छ । EO मिनी पावर इनपुट जडानको आधारमा 6 amp देखि 32 amp सम्म समायोजन गर्न सकिन्छ । बजारमा सबैभन्दा सानो EO 175MM X 125MM X 95MM मा उपलब्द छ।

EO mini का अन्य उल्लेखनीय सुविधाहरूमा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र एक 7.2KW सम्मको पावर रेटिंगलाई लिन सकिन्छ । कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीको साथ आउँछ र यसको मूल्य ८५ हजाररहेको छ ।