१३ भाद्र, काठमाण्डौ । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा बैकले मधेस प्रदेशमा थप दुई शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
बैंकको ९२ र ९३ औं शाखारहित बैंकिङ्ग सेवा कल्याणपुर नगरपालिका वडा नं.–३, ईटारी प्रसाही, सिराहामा र रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका वडा नं.–१०, दुधिअवामा विस्तार गरेको छ । यसै गरी सिराहा जिल्लाको लहान नगरपालिका वडा नं.–१८, शोभापुरमा ९४ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएकोे छ । साथै शुक्रबार भाद्र १० गते बैंकले झापा जिल्लाको झापा गाउँपालिका वडा नं.–०६, शरणामतीमा ९५औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी,
रकम स्थानान्तरण, विल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सन्राइज बैंकले १३९ वटा शाखा,९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।





