आर्थिक

प्रभु बैंक र न्यु ऐरा रेस्टुरेन्टबिच आकर्षक छुट सम्बन्धी सम्झौता

१५ भाद्र, काठमाण्डौ । प्रभु बैंक लिमिटेड र पोखरा स्थित न्यु ऐरा रेस्टुरेन्ट बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र न्यु ऐरा रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर लक्ष्मण गिरीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेको छन् । प्रभु बैंक र उक्त रेस्टुरेन्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले न्यु ऐरा रेस्टुरेन्टद्धारा सञ्चालित “फुड” ,“वेभरेज” र ब्याङ्गकेट सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत न्यु ऐरा रेस्टुरेन्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, न्यु ऐरा रेस्टुरेन्टका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको
छ ।