१६ भाद्र, काठमाण्डौ । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम-स्मार्ट बचत खाता संचालनमा ल्याएको छ ।
उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर बैंकको मोबाईल बैंकिंग बाट माछापुच्छ्रे बैंकमा खाता खोल्न सकिनेछ ।
विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म पुग्नपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।
माछापुच्छ्रे बैंकले ग्राहकलाई बैंकसम्म आउनु नै नपर्ने गरि मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा LOAN AGAINST FD सहज र सरल तरिकाबाट आफूले चाहेको समयमा लिन सक्ने गरि आफ्ना सेवा सुविधाहरुलाई डिजिटल माध्यममा रुपान्तरण गरिसकेको छ ।
साथै बैंकको मोवाईल बैंकिङ्ग MBL M–Smart app मा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले Self-Registration गर्न सकिने, मोवाईलफोनबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट
मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर Scan गरी QR भुक्तानी गर्न मिल्ने , विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु रहेको छन् । बैंकलेMBL M–Smart लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस्भ न्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याईरहेको छ ।





