१९ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतको नाम प्रतिनिधि सभा प्रत्यक्षका लागि पहिलो नम्बरमा सिफारिस गरिएको छ ।
क्षेत्रीय कार्यसमिति ललितपुर ३ ले पहिलो नम्बरमा सिफारिस गरेको पुर्व तरुण दल अध्यक्षसमेत रहेका बस्नेतको नाम ललितपुर जिल्ला समितिले पनि उनले नै टिकट पाउनुपर्ने रायसहित पहिलो नम्बरमा पठाएको छ ।
काँग्रेसको युवा संगठन तरुण दलको अध्यक्ष सफलतापूर्वक सम्पन्न गरेका नेता बस्नेत लसिलतपुरमा युवाहरुका ढुकढुकीको रुपमा पछिल्लो समय उदाएका छन् ।
केपी ओली नेतृत्वको सरकारलाई तरुण दलको देशभरका तरुणहरुको संलग्नतामा आन्दोलनमार्फत अग्रपंतीमा रहेर घुंडा टेकाउन सफल रहेका नेता बस्नेतले टिकट पाउने दाबी क्षेत्रका अग्रज नेता कार्यकर्ताको छ । जिल्लालेसमेत उनले नै टिकट पाउनुपर्ने भन्ने रायसहित एक नम्बरमा नाम पठाएपछि नेता बस्नेको बिकल्प नभएको स्थानीय अग्रज कार्यकर्ताको छ ।