आर्थिक

लचिलो, बलियो र गुणस्तरीय मंगलम एच्डीपीइ पाइप

२० भाद्र, काठमाण्डौ । HDPE (हाई डेन्सिटी पोलिइथाईलीन पाइप) प्लास्टिक पोलिमरबाट बनाइने एक प्रकारको लचिलो एवम बलियो प्लास्टिक पाइप हो ।

यसै कारणले HDPE पाइप भूमिगत प्रयोजनमा, त्यसमा पनि सिँचाइ प्रणालीकोलागि बढी प्रयोग गरिन्छ ।

पोर्टेबल र सजिलै जडान गर्न सकिने भएकाले यी पाइपहरु भूमिगत प्रयोगको लागि मात्र नभइ अन्य धेरैकामको लागि पनि प्रयोग गरिन्छ । रसायनसँग प्रतिकृया नगर्ने भएकोले ग्रामिण भेगमा पानीको पाइपकोलागि पनि मङ्गलमको HDPE पाइप्स धेरैनै प्रयोगमा आउने गरेको छ । अन्य प्लास्टिकको पाइपहरुको तुलनामा बाहिरी तापक्रमले (८० डिग्री सेन्टिग्रेड सम्म) असर नगर्ने भएकोले अप्टिकल फाइबर बिछयाउनका लागि पनि यसको प्रयोग गरिन्छ ।

नेपालमा गुणस्तरीय HDPE उत्पादन र वितरण गर्ने कम्पनीहरु मध्येमा मंगलम पाईप उपभोक्ता माझ सर्वाधिक रुचाइने पाईप हो । अन्तराष्ट्रिय स्थरको प्लान्ट, जर्मन टेक्नोलोजी र जापानी कच्चा पदार्थ प्रयोग गरि उत्पादन गरिने HDPE पाईप संग-संगै मंगलम पाईप्सले अरु थुप्रै प्रयोजनको लागि हुने गरि ८ ओटा फरक फरक पाईपहरु उत्पादन गरि उपभोक्ताको माग पुरा गर्दै आएको छ । गुणस्तर र विशेषता भएकोले नेपालका धेरै प्रतिष्ठित सरकारी र निजी परियोजनाहरूमा अधिकांश रुपमा मंगलमका पाइपहरू प्रयोग भएको पाइन्छ । केहि समय अघि मात्र पाल्पाको खानेपानी विभागले पनि आफ्नो परियोजनाको ठूलो मात्रामा मंगलमको HDPE पाइप प्रयोग गरेको थियो।