आर्थिक

खप्तड लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँड सम्पन्न

२० भाद्र, काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्राथमिक शेयर (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १८ लाख ८३ हजार १ सय १८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ५ सय ५१ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ९८ हजार ४ सय ९३
बाहेक बाँकी रहेका १७ लाख ८३ हजार ७बmउस४ वटा योग्य आवेदनहरु मध्येबाट १२ हजार ३४० जनालाई न्युनतम १० इकाई बाँडफाँड गरिएको छ ।

प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा विक्री प्रबन्धक भई भाद्र ०८ देखि भाद्र १२ गते सम्म सार्वजनिक रुपमा निष्काशन खुला गरिएको खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर निष्काशनमा निष्काशन गरिएको कुल शेयर १ लाख ३२ हजार कित्ता मध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ६ हजार ६ सय कित्ता तथा कर्मचारीलाई जारी पुँजीको ०.५ प्रतिशत बराबर २ हजार कित्ता छुट्याई बाँकी रहेको १ लाख २३ हजार ४ सय कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब १६८.६४ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा
सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

हाल संस्थापक तर्फ लघुवित्तको चुक्ता पुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको र आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पुँजी ४ करोड रुपैयाँ पुग्नेछ ।