अन्तर्राष्ट्रिय

सिचुवान भूकम्प : सात जनाको मृत्यु

२० भाद्र, छन्दु । चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ ।