खेलकुद

ललितपुरलाई स्वर्ण

२३ भदौ, काठमाडौं । ललितपुर महानगरपालिका वडा ८ ले दोस्रो पूर्णशङ्कर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा आज स्वर्ण जितेको छ ।

स्पिन इभेन्ट्स प्रालीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा वडा ८ ले ललितपुर वडा १६ लाई ३–२ ले पराजित ग¥यो । विजयी टिमबाट रुविन महर्जन र विपुल महर्जनले प्रतिस्पर्धा गरेका थिए । हिजो भएको खेलमा महिला टिम इभेन्टतर्फ गोदावरी नगरपालिका वडा १ पहिलो भएको थियो । काठमाडौँ महानगरपालिका वडा २५ र भक्तपुर नगरापलिका वडा ५ तेस्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा उक्त प्रतियोगिताको महिला एकलमा सङ्खुवासभा वडा ४ की वियंका राई र ललितपुर– १२ की इभाना थापामगर फाइनलमा प्रवेश गरे । वियंकाले गोदावरी १ की सतिश्मा थापालाई ११–३, ११–२ र ११–१ तथा इभानाले गोदावरी– १ कै प्रणिका कुँवरलाई ११–८, ११–६ र ११–९ को सोझो सेटमा हराए ।

पुरुष सिङ्गल्समा लमजुङ १९ का विनेश खनियाँ र ललितपुर १६ का संयोग कपालीले फाइनलमा स्थान सुरक्षित गरे । विनेशले काठमाडौँ २५ का अमरलाल मल्ललाई १०–१२, ११–४, १०–१२, ११–८, १०–१२, ११–४ र ११–९ तथा संयोगले नरहरिनाथ गाउँपालिका वडा २५ का हिमाल विष्टलाई ११–९, ११–६, ११–५ र ११–८ को सेटमा पाखा लगाए ।