खेलकुद

म निर्दोष छु, मलाई फसाउन को को दोषी छन् त्यो अनुसंधानले देखाउनेमा म बिश्वस्त छुः संदीप लामिछाने

२४ भदौ, काठमाडौं । १७ बर्षिया नाबालिकालाई काठमाडौंको सिनामंगलस्थीत एक होटलमा लगेर पटक पटक बलात्कार गरेकोमा आरोप लागेका क्रिकेटर संदीप लामिछानेले आफू निर्दोस भएको बताएमका छन् ।
बानेश्वरस्थीत एक होस्टलमा बस्ने भनिएकी एक १२ कक्षामा अधययनरत रहेकी नुवाकोटकी किशोरीले आफुलाई बलात्कार भएको भन्दै गौशाला प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले नेपालमा नेटिए क्रिकेट खेल्न गएको स्थानबाटै इन्टरपोलबाट पक्राउ गर्ने बताईसकेको बेला संदीप लामिछानेले आफु बाँकी खेल नै नखेली नेपाल फर्कने र कानूनी लडाई लड्ने बताएका छन् ।
पहिले क्रिकेट संघसँग सकानूनी उपचारका लागि सहयोग गर्न आग्रह गरेका लामिछानेने अहिले सामाजिक सञ्जामलमा लेख्दै म निर्दोष छु, कानून सबैका लागिष् समान हुँने हुँदा उक्त कानूनी लडाई लड्न आफ्नो मातृभूमि छिटै फर्किन्छु भनेका छन् । उनले आफुलाई फसाउन ककसको हात छ त्यो पनि छिट्टै खुल्ने आफुलाई आसा भएको बताएका छन् ।
क्यानले लामिछानेलाई निलम्बन गरिसकेको भएपनि कानूनी उपचारका लागि सघाउने भने बताएको छ ।