अन्तर्राष्ट्रिय

इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच दुर्लभ भेटवार्ता

६ असोज, जेरुसेलम । इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच मङ्गलबार भेटवार्ता भएको छ । दुई देशका ती नेताहरुबीच सन् २००८ पछि पहिलो पटक भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा सहभागी हुन न्युयोर्क गएको बेला उनीहरुका बीचमा भेटवार्ता भएको हो ।

जापिडको सचिवालयले जारी गरेको वक्तव्यमा अनुसार उनीहरुले दुई देशबीचको सम्बन्ध सुधार गर्ने बारेमा छलफल गरेका थिए । साथै दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा पनि उनीहरुका बीचमा छलफल भएको जनाइएको छ । उनीहरुले विषेश गरेर आर्थिक तथा उर्जा सहकार्यका बारेमा छलफल केन्द्रीत गरेका थिए ।
दुई देशका बीचमा गत अगस्टमा पूर्ण रुपमा कुटनीतिक सम्बन्धलाई व्युताउने सम्झौता भएको थियो ।