समाचार

घोषणा पत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार

६ असोज, काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिको असोज ६ गते बसेको प्रथम बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरे बमोजिम पार्टीका सहमहामन्त्री जीवन परियारलाई ‘घोषणा पत्र तयारी समितिको प्रवक्ता’ को अभिभारा तोकिएको छ ।

संचार माध्यमका साथीहरूले आवश्यक सूचना एवं विविध बिषयमा क्रमशः तय हुने अवधारणाका लागि उनलाई सम्पर्क गर्न सक्ने काँग्रेसले जनाएको छ ।

समितिका तर्फबाट आवश्यकता अनुरुप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्ने जानकारी काँग्रेसले जनाएको छ ।