अन्तर्राष्ट्रिय

आप्रवासी डुङ्गा दुर्घटनाः मृत्यु हुनेको संख्या त्रिपन्न पुग्यो

७ असोज, बेरुत । सिरियाको तटमा डुङ्गा डुब्दा ५३ जना आप्रवासीको मृत्यु भएको छ । करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले जानकारी दिएका छन् ।

सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुङ्गामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए । सवार यात्रुहरु अधिकांश लेबनानी र सिरियालीहरु रहेका थिए । दर्जनौं अझै बेपत्ता रहेका बताइएको छ ।