अन्तर्राष्ट्रिय

फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ३५ जनाको मृत्यु

७ असोज, मनिला । फिलिपिन्समा शुक्रबार २,३७८ जनामा नयाँ कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३,९३२,१५५ पुगेको छ ।

यहाँको स्वास्थ्य विभागका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३०,०५६ पुगेको छ । यसै बीच ३५ जना सङ्क्रमितको कोभिड-१९ को जटिलताबाट मृत्यु भएको छ । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ६२,७३० पुगेको छ।