समाचार

मलाई डेंगु भयो पूर्व निर्धारित कार्यक्रममा भाग लिन नपाएकोमा दुःखी छुः अध्यक्ष लामिछाने

१३ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई डेंगु पोजेटिभ पुष्टी भएको छ ।
अध्यक्ष लामिछानेले सामाजिक सञ्जालमा लेख्दै आफुलाई डेंगु भएको जानकारी दिएका छन् ।

अध्यक्ष लामिछानेले भनेका छन्ः हिजो देखि ज्वरो र शरीर दुखाइका लक्षण देखिन थालेको थियो।परिक्षण गराउदा डेंगी देखियो। डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर,तनहु, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउदछु।यसबाट पर्न जाने असहजता प्रति क्षमाप्रार्थी छु।