समाचार

अप्राकृतिक गठबन्धन भित्र प्राकृतिक मतदाताको पहिचान

प्रकाश तिरुवा/ वर्तमान सत्ता गठबन्धनले गत स्थानीय निर्वाचनकै शैलीमा आगामि संघीय निर्वाचन र प्रदेशको निर्वाचनमा गठबन्धन निरन्तरताको सहमति गरेर कार्यदल गठन गरेसँगै गठबन्धनका सम्बन्धमा विभिन्न खालका टिकाटिप्पणी राजनीतिक वृत्तमा र आम जनमानसमा सुन्न पाइन्छ। निर्वाचन जस्तो एजेण्डा मुखी कुरामा आफ्नो विचार मिल्ने समुहसँग चुनावि तालमेल गर्नु स्वभाविक नै देखिएता पनि एजेण्डा र विचारका हिसाबले उत्तर र दक्षिणको फरकमा रहेका कांग्रेस र कम्युनिष्ट बीचको अप्राकृतिक गठबन्धन केका लागि भन्ने कुरामा अनुत्तरित छ।
चुनाव वा निर्वाचन, लोकतन्त्रको एक महत्त्वपूर्ण प्रक्रिया हो जनताद्वारा जनताले जनताका बिचबाट नै आफ्नो प्रतिनिधिहरूलाई चुन्दछन्। निर्वाचन एजेण्डा अनुमोदन र विचार समुहको संस्थागत विकासको लागि आवश्यक एउटा अवयव हो। निर्वाचनलाई लोकतन्त्रको एउटा अंशका रुपमा लिन सकिन्छ। निर्वाचन व्यवस्था परिवर्तनको साध्य हो भने सामाजिक रुपान्तरणका लागि एउटा रोडम्याप हो।
निर्वाचन विचार समुहको बैधता परिक्षण सहितको आफ्ना एजेण्डा कार्यान्वयनको एउटा मार्ग हो। जहाँ विचारको सरकारले आगामि मंसिर चार गते एकै चरणमा संघीय निर्वाचनको मिति तय गरेसँगै मतदातामा एक प्रकारको बहस सुरु गरेको छ।
आन्तरिक व्यवस्थापन कतिको गार्हो ?
अहिलेको गठबन्धनमा आबद्ध दल मध्ये आन्तरिक व्यवस्थापन सकस सबै भन्दा बढी नेपाली कांग्रेसमा देखीन्छ। कांग्रेस भित्र संस्थापन इतर पक्ष गठबन्धनका पक्षमा मन, बचन र कर्मले समर्पित छैन। यसका पछाडी इतरमा भएको एउटा भय भनेकै आफ्नो समूह व्यवस्था पन र आगामी महाधिवेशनसम्म कसरी समूह बलियो बनाउने भन्ने हो भने अर्कातिर कांग्रेस विचारका हिसाबले गठबन्धनमा संलग्न अन्य भन्दा संगठनको संरचनागत हिसाबले पनि व्यवस्थापन अलि जटिल देखिन्छ।
कांग्रेसी भित्रको एउटा वंश परम्परा छ जुन आफ्नै सहकर्मी शाथीलाई पनि चुनाब ताका असहयोग गरेका तमाम दृष्टान्त भेटिन्छन्। कांग्रेसी जनमा स्वीकार्न सक्ने कुरामा समस्या नै देखीन्छ। कांग्रेस बिचार समूहमा नै विभक्त पार्टी भएकाले पनि यो कुरा बढी देखिन्छ। झण्डै ८ लाख क्रियाशिल सदस्य, ६७४३ वडा, ७५६ वडा स्थानीय तह, ३३० क्षेत्रिय समिति, ७७ जिल्ला कार्यसमिति, ७ प्रदेश समिति र १४१ सदस्यिय केन्द्रीय समिति त्यो नि बहु–तहमा विभक्त छ। तसर्थ भन्ने सकिन्छ सांगठनिक संरचना अनुसार वर्तमान संविधानलाई आत्मसाथ गरेको र बहुलतामा आधारित स्वरुपमा आधारित भएको पार्टीका लागि गठबन्धन किन भन्ने कुरा अनुत्तरित छ।
यसरी बहुतहका संरचनामा विभक्त कांग्रेसका लागि आन्तरिक नेता व्यवस्थापनमा नै सकस छ भने उसले कसरी गठबन्धनमा आबद्ध दलका नेता र कार्यकर्तालाई व्यवस्थापन गर्छ? गठबन्धनमा आबद्ध दलभित्र पनि कांग्रेस र अन्यले एकले अर्कालाई स्वीकार्न नसक्ने मानसिकता छताछुल्ल देखिन्छ।
सामान्य निर्बाचन प्रणालि र एलायन्सका सम्बन्धमा जानकारी भएकाले पनि यो गठबन्धन अपवित्र नै लाग्छ। दक्षिण एसियाली मुलुकमा फछिल्ला दुईदशक भएका निर्बाचन र गठबन्धन हेर्दा कहि कतै विचार नमिल्ने समूहले वा ईरक दलले चुनावि तालमेल गरेको इतिहास छैन।

विश्वासको वातावरण कसरी बनाउने?
गठबन्धनमा सबैभन्दा ठूलो समस्या विश्वासको वातावरण कसरी तय गर्ने भन्ने नै हो। एउटै पार्टीमा त तमाम समस्या छन् फरक दलका उम्मेदवार र फरक दलिय चिन्हलाई कसरी आत्मसाथ गरेर अगाडी बढ्छन्रु अझ नेपाल जस्तो अल्पविकसित र राजनीतिक विचारका हिसाबले विभक्त मुलुकमा।
विश्वासको कुरा उठान गर्दा स्थानीय चुनाव, २०७९ लाई स्मरण गर्न मनलाग्यो। स्थानीय तह निर्वाचन, २०७९ मा नेपाली कांग्रेसले प्राप्त गरेको वडा अध्यक्षको मत ३४.२८ प्रतिशत र अघिल्लो स्थानीय तह निर्वाचनमा ३२ प्रतिशत गठबन्धन बिना चुनाबमा जाँदा थियो। यसले के भन्न सकिन्छ भने कांग्रेसलाई गठबन्धनले सफलताको सिढी चढ्न सहज बनाएको होइन तर अन्य गठबन्धनमा आबद्ध दललाई संस्थागत गर्ने मामलामा फाइदाजनक देखिन्छ।
निर्वाचनमा सफलता प्राप्त गर्ने नै आन्तरिक व्यवस्थापन सवल भएको दल र दलका उम्मेदवारले हो। अझ नेपाल जस्तो बहुलतामा आधारित समाजमा विद्यमान संरचनाले हामिलाई मतदाता शिक्षा र स्वविवेकले मतदान गर्ने मतदाता पहिचानमा सकस नै देखिन्छ। यसबाट के कुरा भन्न सकिन्छ भने दक्षिण एसियाली मुलुकमा नेपालको निर्बाचन प्रणालि खर्चका हिसाबले सबैको पहुँचमा नभएको र एजेण्डा प्रधान नभएको चुनावका रुपमा चित्रण गर्न सकिन्छ।

निर्वाचन क्षेत्र बाँडफाँड कतिको पेचिलो छ ?
गठबन्धनमा जाने र नजाने सवालमा कांग्रेस कार्यकर्ता विभाजित मानसिकतामा नै भेटिन्छन्। यसरी विभाजित मानसिकतामा नै गठबन्धनमा जानु स्वयं गठबन्धन दल र दलका उम्मेदवारलाई कतै यो अप्राकृतिक गठबन्धन नै प्रतिउत्पादक त हुने होइन? यसले गर्दा एकातिर दलका कार्यकर्ता विभाजित हुन्छन् भने अर्कातिर मतदातामा अन्यौलता देखिन्छ।
गठबन्धनमा आबद्ध दलहरु मध्ये सबैभन्दा ठुलो दल कांग्रेस भित्र यो समस्या बढी छ। यसका पछाडी एउटै कुरा हो कांग्रेसमा अन्य पार्टी भन्दा आन्तरिक लोकतन्त्रको अभ्यास बढी हुन्छ। यसबाट के बुझिन्छ भने कांग्रेसहरुले नेतृत्वलाई खबदारी गर्ने मामलामा हस्तक्षेप गरिरहेछन्। कांग्रेसमा अन्य दलमा जस्तो चेन अफ कमाण्ड हुँदैन।
गठबन्धनमा आबद्ध दलहरु मध्ये सबैभन्दा बढी व्यवस्थापनका हिसाबले आन्तरिक समस्यामा रहेको पार्टी कांग्रेस हो। कांग्रेसको प्रमुख समस्या नै टिकट वितरण प्रणाली र त्यसपछिको परिणाम नै हो। यसरी आन्तरिक व्यवस्थापन सवल नबनाएर गठबन्धनमा जाँदा घाटा हुने नै कांग्रेसलाई भएकाले यसका सम्बन्धमा पार्टीमा गहन छलफल हुन जरुरी छ।
अन्त्यमा,
निर्वाचन विचारको अनुमोदन गर्ने मतदातामा आधारित मापदण्ड हो। जसलाई मतदाताले अनुमोदन गरेका हुन्छन् त्यो विचार नै परिस्कृत भएको रुपमा बुझन सकिन्छ। विचारशिलताका हिसाबले अप्राकृतिक गठबन्धनमा आबद्ध हुनु स्वयं गठबन्धनमा आबद्ध दललाई पनि अप्राकृतिक गठबन्धनमा प्राकृतिक मतदाता पहिचान गर्न कति सहज छ यो पनि राजनीतिक भित्रको अध्ययनको विषय हो।

विश्वासको वातावरण कसरी बनाउने?
गठबन्धनमा सबैभन्दा ठूलो समस्या विश्वासकाे वातावरण कसरी तय गर्ने भन्ने नै हाे। एउटै पार्टीमा त तमाम समस्या छन् फरक दलका उम्मेदवार र फरक दलिय चिन्हलाई कसरी आत्मसाथ गरेर अगाडी बढ्छन्? अझ नेपाल जस्ताे अल्पविकसित र राजनीतिक विचारका हिसाबले विभक्त मुलुकमा।
विश्वासको कुरा उठान गर्दा स्थानीय चुनाव, २०७९ लाई स्मरण गर्न मनलाग्यो। स्थानीय तह निर्वाचन, २०७९ मा नेपाली कांग्रेसले प्राप्त गरेकाे वडा अध्यक्षकाे मत  ३४.२८% र अघिल्लो स्थानीय तह निर्वाचनमा ३२% गठबन्धन बिना चुनाबमा जाँदा थियाे। यसले के भन्न सकिन्छ भने कांग्रेसलाई गठबन्धनले सफलताको सिढी चढ्न सहज बनाएको हाेइन तर अन्य गठबन्धनमा आबद्ध दललाई संस्थागत गर्ने मामलामा फाइदाजनक देखिन्छ।
निर्वाचनमा सफलता प्राप्त गर्ने नै आन्तरिक व्यवस्थापन सवल भएकाे दल र दलका उम्मेदवारले हाे। अझ नेपाल जस्ताे बहुलतामा आधारित समाजमा विद्यमान संरचनाले हामिलाई मतदाता शिक्षा र स्वविवेकले मतदान गर्ने मतदाता पहिचानमा सकस नै देखिन्छ। यसबाट के कुरा भन्न सकिन्छ भने दक्षिण एसियाली मुलुकमा नेपालको निर्बाचन प्रणालि खर्चका हिसाबले सबैकाे पहुँचमा नभएको र एजेण्डा प्रधान नभएको चुनावका रुपमा चित्रण गर्न सकिन्छ।

निर्वाचन क्षेत्र बाँडफाँड कतिकाे पेचिलो छ?
गठबन्धनमा जाने र नजाने सवालमा कांग्रेस कार्यकर्ता विभाजित मानसिकतामा नै भेटिन्छन्। यसरी विभाजित मानसिकतामा नै गठबन्धनमा जानु स्वयं गठबन्धन दल र दलका उम्मेदवारलाई कतै याे अप्राकृतिक गठबन्धन नै प्रतिउत्पादक त हुने हाेइन? यसले गर्दा एकातिर दलका कार्यकर्ता विभाजित हुन्छन् भने अर्कातिर मतदातामा अन्यौलता देखिन्छ।
गठबन्धनमा आबद्ध दलहरु मध्ये सबैभन्दा ठुलो दल कांग्रेस भित्र याे समस्या बढी छ। यसका पछाडी एउटै कुरा हाे कांग्रेसमा अन्य पार्टी भन्दा आन्तरिक लाेकतन्त्रकाे अभ्यास बढी हुन्छ। यसबाट के बुझिन्छ भने कांग्रेसहरुले नेतृत्वलाई खबदारी गर्ने मामलामा हस्तक्षेप गरिरहेछन्। कांग्रेसमा अन्य दलमा जस्ताे चेन अफ कमाण्ड हुँदैन।
गठबन्धनमा आबद्ध दलहरु मध्ये सबैभन्दा बढी व्यवस्थापनका हिसाबले आन्तरिक समस्यामा रहेकाे पार्टी कांग्रेस हाे। कांग्रेसकाे प्रमुख समस्या नै टिकट वितरण प्रणाली र त्यसपछिकाे परिणाम नै हाे। यसरी आन्तरिक व्यवस्थापन सवल नबनाएर गठबन्धनमा जाँदा घाटा हुने नै कांग्रेसलाई भएकाले यसका सम्बन्धमा पार्टीमा गहन छलफल हुन जरुरी छ।
अन्त्यमा,
निर्वाचन विचारकाे अनुमाेदन गर्ने मतदातामा आधारित मापदण्ड हाे। जसलाई मतदाताले अनुमाेदन गरेका हुन्छन् त्याे विचार नै परिस्कृत भएको रुपमा बुझन सकिन्छ। विचारशिलताका हिसाबले अप्राकृतिक गठबन्धनमा आबद्ध हुनु स्वयं गठबन्धनमा आबद्ध दललाई पनि अप्राकृतिक गठबन्धनमा प्राकृतिक मतदाता पहिचान गर्न कति सहज छ याे पनि राजनीतिक भित्रकाे अध्ययनकाे विषय हाे।