१६ असोज, काठमाडौं । धादिङस्स्थीत खानीखोला प्रहरी कार्यालयका प्रहरी निरक्षक अपूर्व ढुंगाना आफ्नै प्रहरी महिला सुरक्षाकर्मीको बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
खानीखोला प्रहरीका प्रमुखसमेत रहेका ढुंगानालाई पहिले आफ्नै सुरक्षा गार्डसमेत रहेर काम गरेकी महिलाले महिला प्रहरी बस्ने क्वार्टरमा गएर बलात्कार गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय ल्याएर बुझ्ने काम भएको पुष्टी गरेका छन् ।





