अन्तर्राष्ट्रिय

नाइजेरियामा बाढीबाट पचहत्तर जनाको मृत्यु

२० असोज, अबुजा । नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् ।

अधिकारीहरुका अनुसार यहाँ गएको मे महिनाबाट सुरु भएको मनसुनबाट अहिलेसम्ममा ७५ जनाको ज्यान गएको हो ।

यहाँ भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ती व्यक्तिको निधन भएको हो ।

योबे राज्यका प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी प्रमुख मोहम्मद गोजेले दिएको जानकारीअनुसार यहाँ बाढीबाट भौतिक सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ ।

यहाँ बाढीबाट दुई सय जना घाइते भएका छन् । त्यस्तै अरु कैयौँ व्यक्ति हराएका पनि बताइएको छ ।

बाढीले यहाँका केही डुङ्गा हराएका छन् भने नागरिकको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । कतिपय राज्यमा घर भत्काएको र घर बगाएको सो विपत व्यवस्थापत विभागले जनाएको छ ।