राजनीति

विदेशीसंग साँठगाँठ गर्दै नीति बिपरीत टिकट बाँड्ने अरुको रणनीतिका पृष्ठपोषकः एमाले नेता डा रावल

२९ असोज, काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले आफ्नै अध्यक्ष केपी शर्मा ओलीलगायत एमाले नेतृत्वको बिरोध गरेका छन् ।
पुर्व गृहमन्त्रीसमेत रहेका डा रावलले आफ्नो क्षेत्रमा एमालेबाट टिकट पाएनन् र मंसिर ४ मा एमालेबाट एकल नाम सिफारस हुँदा पनि टिकट नपाउँदा पार्टी घने पत्रकार सम्मेलनबाटै नछाड्ने बताएका थिए ।
उनको ट्वीटः प्रतिक्रियावादी र विदेशीसंग साँठगाँठ गर्ने पार्टीका प्रमुखलाई उम्मेदवार बनाइ त्यस्तासंग जबज विपरीत तालमेल गर्ने र क्षेत्रदेखि प्रदेशसम्म एकल सर्वसम्मत उम्मेदवार सिफारिश भएकालाई उम्मेदवारीबाट बञ्चित गर्नेहरुले नै पार्टी अनुसशासन उल्लंघन गर्ने र अरुको रणनीतिका पृष्ठपोषक ठहरिन्छन् ।