आर्थिक

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

३१ असोज, काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले विशेष (महा बचत) खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको वार्षिक शुल्क (प्रथम वर्ष)मा शत प्रतिशत छुट प्रप्त गर्न सकिनेछ ।
बैंकका दरबारमार्ग, पुतलिसडक, न्युरोड (काठमाडौं), भैरहवा र न्युरोड (कास्कीं) शाखा कार्यालयहरुमा लकरको सुविधा रहेको छ । हाल उपलब्ध लकर संख्या सिमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ । यस योजना अन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका
साथसाथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ लगायतका अन्य सुविधाहरु रहेकाछन् । विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस
बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै लकर योजना सञ्चालनमा ल्याएको हो ।